ताजा अपडेट »

मगर महिला संघ बुटवल उपमहानगर समितिले मनायो स्थापना दिवस

शुक्रबार, ०४ असोज २०८१, ०९ : ३७
48 Shares
शुक्रबार, ०४ असोज २०८१
48 Shares

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले  २७ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । संघले दिवसका अवसरमा सामुदायीक रेडियो प्रशारक संघका नवनिर्वाचित उपाध्यक्ष मिलन गाहालाई एक समारोहका बीच सम्मान गर्दै कार्यकाल सफलताको कामना व्यक्त गरेको छ ।

सो कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज धनी आलेले शुभकामना ब्यक्त गर्दे वर्तमान अवस्थामा मगर महिला एकताबद्ध भएर अगाडि बड्नुको विकल्प नभएको बताइन् । मगर महिलालाई मिल्न नदिने केही तत्वहरुले काम गरेको बताउँदै आफूलाई जिम्मेवारी प्रदान गरेको खण्डमा महिला दिदी बहीनीहरुलाई एकताको सुत्रमा बांध्ने बताइन् । केन्द्रीय सदस्य मधु रानाले महिलाको मर्म महीलाले बुझ्न नसक्ने र राजनैतीक आस्थाका आधारमा बिभाजित हुन नहुनै भन्दै मगर महिला संघलाई सबैले अपनत्व हुने बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताइन् । 

समितिका प्रेस सल्लाहकार गाहा शुभकामना व्यक्त गर्दै थप सक्रिय भएर लाग्न सुझाब प्रस्तुत गरे । नेपाल मगर महिला संघ बुटवल उपमहानगरमा विधिसम्मत निर्वाचित गौमाया थापाको नेतृतवलाई केन्द्रीय समितिले समेत आधिकारिकता प्रदान गरेकाले सबैले मानयता दिनु पर्ने बताए । हालै धनकुटामा आयोजित मगर महिला संघको केन्द्रीय सम्मेलनमा समेत थापाको नेतृत्वले गरेको कामलाई सम्मान प्राप्त भएको स्मरण गराए । बुटवल उपमहानगर समितिमा थापा नेतृत्वकै समिति बैधानिक भएको दाबी गर्दै उनले भ्रममा नपर्न आग्रह गरे । कार्यक्रम ज्ञानु रानाको स्वागत तथा सचिव तिर्थ कुमारी सोमरेको सञ्चालन तथा संघका अध्यक्ष गौमाया थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।