ताजा अपडेट »

दक्षिण कोरियास्थित गुल्मेली सम्पर्क समाजको अध्यक्षमा न्यौपाने

विहीबार, ०३ असोज २०८१, १९ : ५६
164 Shares
विहीबार, ०३ असोज २०८१
164 Shares

बुटवल । गुल्मी जिल्लामा घर भई हाल रोजगारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था गुल्मेली सम्पर्क समाजको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ‘प्रवासमा गुल्मेली एकता, एक आपसमा सहयोग आजको आवश्यकता’– भन्ने मूलका साथ स्थापित यस संस्थाले दक्षिण कोरियामा रोजगारका लागि पुगेका व्यक्तिहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्नुका साथै नेपालमा समेत विभिन्न सामाजिक उत्तरदायित्तवका क्रियाकलापहरुमा सहभागिता जनाउँदै आएको छ । 

संस्थाको नवौ अधिवेशनबाट जीवन न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने चयन भएका छन् भने उपाध्यक्षहरुमा युवराज गौतम, कुमार दर्लामी र यमलाल अर्याल रहेका छन् । यसैगरी सचिवमा शुशील विश्वकर्मा, सहसचिव विश्वनाथ गौतम, कोषाध्यक्ष प्रमेश्वर रिजाल र सहकोषाध्यक्षमा रिसब गौतम चयन भएका छन् । अधिवेशनले सदस्यहरुमा रीखिराम घिमिरे, सन्दिप न्यौपाने, सुमन गिरी र धिरज खड्कालाई चयन गरेको छ । सम्पर्क समाजमा करिब ३ हजार सदस्य आवद्ध रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।