ताजा अपडेट »

यू.जी. ग्रुपद्वारा एक सय ६२  युनिट रक्तदान

विहीबार, ०३ असोज २०८१, १८ : ४७
62 Shares
विहीबार, ०३ असोज २०८१
62 Shares

बुटवल । संविधान दिवसको अवसरमा यूजी ग्रुप बुटवलले विहिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा १६२ यूनिट रक्त संकलन भएको ग्रुपका अध्यक्ष सुमन गुरुङले जानकारी दिए । 

कार्यक्रमका अवसरमा बोल्दै  युजिका सल्लाहाकार राजु गुरुङले अस्पतालको शैय्यामा जीवन मरणको दोसाधमा छटपटाएका व्यक्तिलाई रगत दिएर प्राण बचाउने काम आफैमा पूण्यको काम भएको उल्लेख गरे । उनले जनजीबिकासँग सम्बन्धित काम गर्न युवाहरुलाई आग्रह गरे । यसैगरी युवाहरु विदेश पलायनलाई रोक्न यूजी ग्रुपका सदस्यहरुलाई मुलुक भित्रै सम्भावना छ भन्ने उदाहरणीय कार्यहरुमा सहभागी हुन आग्रह गरे । यसैगरी मुलुकको व्यवस्थामा भएका कमिकम्जोरी परिवर्तन गर्नका लागि पनि युवा शक्तिलाई एकतावद्ध गर्न आवश्यक रहेको बताए । राजनीतिक दलहरुले पनि पुनस् बिचार गर्न आवश्यक रहेको बताउँदै उनले व्यवस्थामा भएका कमजोरीहरुलाई बेलैमा सुधार गर्नुपर्नेमा जोड दिए । हरेक क्षेत्रमा युवाहरुको हस्तक्षपकारी भूमिका आवश्यक रहेको बताउँदै उनले परिवर्तनका लागि ठिकलाई ठिक र बेठिकलाई बेठिक भनेर उभिन सल्लाह दिए । कुनै चर्चा र सामाजिक सञ्जालमा चर्चित हुनका लागि मात्र नभई जनजीविकासँग जोडिन आग्रह गर्दै उनले कुनै स्टनवाज नगरी जनतासँग जोडिन आग्रह गरे । 

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले युवाहरु एक भएर सामाजिक अभियानमा लाग्न आह्वान गरे । मुलुकमा बसेर अब केही हुँदैन भनेर निराश हुने प्रवृत्तिलाई अन्त्य गरेर सम्भावना र अवसरहरु देश भित्रै छन् भन्ने उदाहरण पेश गर्न जोड दिए । यसैगरी मणिमुकुन्द सेन उद्यानको अध्यक्ष माधव नेपालले सामाजिक सेवामा युवाहरुको सहभागिता स्वागतयोग्य रहेको उल्लेख गरे । कार्यक्रममा  बुटबल बडा नम्बर २ का बडा अध्यक्ष सुनिल साक्य सह सचिब यम बराल जिबन गौतम लगाएतले बोल्दै युजि बुटबललाई युवाहरूको साझा चौतारीको रूपमा बिकास गदै लैजाने बताएका थिए रक्तदान कार्यक्रमामा ३ सय बढी युवाको सहभागिता रहेको सचिब अजुन केसीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।