ताजा अपडेट »

बुटवलको सोह्र छत्तिस कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

विहीबार, ०३ असोज २०८१, १६ : ३१
790 Shares
विहीबार, ०३ असोज २०८१
790 Shares

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बुटवल ११ की ४ वर्षीया विविशा खरेलले खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो । 

विहीबार विहान खेल्ने क्रममा खसेकी बालिकाको उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । बालिकाको उपचारको क्रममा दिउँसो पौने १ बजे अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख पडिण्तले ग्लोबल आवाजलाई जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।