ताजा अपडेट »
स्थानिय तह उप निर्वाचन

मंसिर १६ गते स्थानीय तहका ४० पदमा कहाँ कहाँ हुदैछ उप–निर्वाचन

विहीबार, ०३ असोज २०८१, १६ : ०४
56 Shares
विहीबार, ०३ असोज २०८१
56 Shares

सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ। दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद रहेका छन्। स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ।

त्यसै अनुसार निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि साउन २९ गते मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको थियो। २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै पनि पद खाली भएमा मंसिर १६ गते नै उपनिर्वाचन गराउनेछ। आयोगले जाएअनुसार अबका एक महिनामा अन्तिम मतदाता नामावली स्वीकृत गरेर प्रकाशन गरिनेछ।  

उपनिर्वाचन हुन लागेका अधिकांश पदमा यसअघि नेपाली काँग्रेस बिजयी भएको थियो भने त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले थिए। नेपाली काँग्रेसका २वटा जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५  पदमा जनप्रतिनिधि निर्वाचित भएका थिए भने नेकपा माओवादीका २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पदमा तथा नेकपा एमालेका ६ वडाध्यक्ष निर्वाचित थिए।

जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची)ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ।

कुन स्थानिय तह र पदमा उपनिर्वाचन हुदैछ जिल्ला अनुसार ।

पद  स्थानिय तह संख्या जिल्ला
जिसस प्रमुख    ओखलढुंगा /कैलाली
अध्यक्ष  ग्रामथान गाउँपालिका  माेरङ
अध्यक्ष  महाबु गाउँपालिका  दैलेख
 मेयर किर्तिपुर नगरपालिका काठमाडाैं
उपाध्यक्ष गौरीशंकर गाउँपालिका दाेलखा
उपाध्यक्ष सर्केगाड गाउँपालिका हुम्ला
उपाध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका  बाजुरा
उपप्रमुख नलगाड नगरपालिकाकी जाजरकोट
उपाध्यक्ष पुथाउत्तरगंगा गाउँपालिका रुकुमपूर्व
वडा अध्यक्ष लागिगुराँस नगरपालिका.–८ तेह्रथुम
वडा अध्यक्ष मोलुङ गाउँपालिका–५ ओखलढुंगा
वडा अध्यक्ष त्रियुगा नगरपालिका–१२ उदयपुर
वडा अध्यक्ष बेलका नगरपालिका–९ उदयपुर
वडा अध्यक्ष डाक्नेश्वरी नगरपालिका–४ सप्तरी
वडा अध्यक्ष धनुषाधाम नगरपालिका–१ धनुषा
वडा अध्यक्ष ईश्वनाथ नगरपालिका–७ राैतहट
वडा अध्यक्ष राजपुर नगरपालिका–६ राैतहट
वडा अध्यक्ष कीर्तिपुर नगरपालिका–१ काठमाणडाैं
वडा अध्यक्ष काठमाडौं महानगर–१६ काठमाणडाैं
वडा अध्यक्ष ककनी गाउँपालिका–२ नुवाकाेट
वडा अध्यक्ष मुसीकोट नगरपालिका–१ गुल्मी
वडा अध्यक्ष रुन्टीगढी गाउँपालिका–४ राेल्पा
वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका–४ बर्दिया
वडा अध्यक्ष सानीभेरी गाउँपालिका–५,  रूकुम
वडा अध्यक्ष पूर्व चौकी गाउँपालिका–६ डाेटी
वडा अध्यक्ष भीमदत्त नगरपालिका–६ कञ्चनपुर
वडा अध्यक्ष कन्काई नगरपालिका–६ झापा
वडा अध्यक्ष गढी गाउँपालिका–६ सुनसरी
वडा अध्यक्ष गोरखा नगरपालिका–५ गोरखा
वडा अध्यक्ष दुल्लु नगरपालिका–१३ दैलेख
वडा अध्यक्ष त्रिपुरासुन्दरी नगरपालिका–५ डाेल्पा
वडा अध्यक्ष सुर्मा गाउँपालिका–४  बझाङ
वडा अध्यक्ष रामगोपालपुर नगरपालिका–२ महोत्तरी
वडा अध्यक्ष हेटौंडा उपमहानगरपालीका–१२ मकवानपुर
वडा अध्यक्ष तिलागुफा नगरपालिका–४ कालीकाेट
वडा अध्यक्ष कुसे गाउँपालिका–७  जाजरकाेट
वडा अध्यक्ष दुहुँ गाउँपालिका–५ दार्चुला
वडा अध्यक्ष गढीमाई नगरपालिका–६ राैतहट
वडा अध्यक्ष कीर्तिपुर नगरपालिका–४ काठमाडाैं
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।