ताजा अपडेट »

दाङमा मोटरसाइकल दुर्घटनामा परी  दुई युवकको मृत्यु

विहीबार, ०३ असोज २०८१, १२ : ०४
160 Shares
विहीबार, ०३ असोज २०८१
160 Shares

बुटवल । दाङको लमहीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका घोराहीका दुई युवकको मृत्यु भएको छ । 

गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय श्रवणकुमार पुन र घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । 

लमही–घोराही सडक खण्ड अन्तर्गत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका – ६ बेलदार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।