ताजा अपडेट »

कार्यदलले ओली-देउवालाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

बुधबार, ०२ असोज २०८१, २० : २२
58 Shares
बुधबार, ०२ असोज २०८१
58 Shares

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुधबार बुझाएको छ । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको हो ।

नेपाली कांग्रेकसा महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीलाई मस्यौदा बुझाइएको र मन्त्रीपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुने बताए । 

उनले सरकार बनाउँदा  कांग्रेस र नेकपा एमालेबिचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको बताए । यो साझा कार्यक्रम नभई दुई वटा राजनीतिक दलहरूको साझा संकल्प र नीतिगत प्रतिबद्धता रहेको बताए । उनले छिमेकी देशहरुसँगको सम्बन्ध, आ–आफ्ना पार्टीका प्राथमिकताहरू जोड दिइएको बताए । 

महामन्त्री थापाले संविधान निर्माण गर्ने मुख्य शक्ति नै कांग्रेस र एमाले भएकाले संविधान जोगाउने जिम्मेवारी सबैभन्दा ठुलो आफूहरूकै रहेको बताए । सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन, सुशासन, अर्थव्यवस्था लगायत विषय समावेश गरिएको कार्यदलको सदस्य डा. प्रकाशशरण महतले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।