ताजा अपडेट »

३६ औं झरना रनिङ शिल्ड प्रतियोगिता सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात

बुधबार, ०२ असोज २०८१, १९ : ४८
32 Shares
बुधबार, ०२ असोज २०८१
32 Shares

बुटवल ।  रुपन्देहीको तिलोत्तमामा सुरु भएको ३६ औ  झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उद्घाटन  खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब ले जित हात पारेको छ । उसले गत वर्षको विजेता भुपु सैनिक जबै स्पोर्टिङ  कलबलाइ ६-२  गोल अन्तरले पराजित गरेको हो। 

उसका लागि क्याप्टेन  निराजन खत्री ले २ गोल गरेका थिए  । त्यस्तै प्रसन्न श्रेष्ठ , अङ्कित सिजापती, निशान न्यौपाने र सुनिल खडकाले १/१ गोल गर्दै टिमलाई ६ गोलको योगदान दिलाए । भुपु सैनिक का सुरेश कुमाल र सन्देश  श्रेष्ठले १/१ गोल गरेतापनी जित हासिल गर्न सकेनन् ।

१६ टिमकाे सहभागिता रहेको खेलमा रुपन्देही  बाहेक कपिलबस्तु, पश्चिम नवलपरासी  र स्याङ्जा को समेत सहभागिता रहेको छ । खेलमा प्रथम हुने टिमले ३ लाख ३१ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टिमले १ लाख ८१ हजार पुरस्कार पाउने क्लबका अध्यक्ष  धनेन्द्र पौडेल ले बताए । प्रतियोगिताको सेमीफाइनल खेल्दै दुवै टिमलाई २५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । 

त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश: १०/१० हजार पाउनेछन् भने खेल अवधिभरि हरेक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

२०२७ सालमा स्थानीय युवाले स्थापना गरेको उक्त क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिता अन्तर्गत गत वर्ष भुपु सैनिक जबै स्पोर्टिङ क्लबले उपाधी चुमेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।