ताजा अपडेट »

लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

बुधबार, ०२ असोज २०८१, १८ : ५६
94 Shares
बुधबार, ०२ असोज २०८१
94 Shares

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो ।

युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएईले ३१.२ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो ।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।