ताजा अपडेट »

अल नासरले बर्खास्त गर्यो मुख्य प्रशिक्षक

बुधबार, ०२ असोज २०८१, १३ : ११
20 Shares
बुधबार, ०२ असोज २०८१
20 Shares

काठमाडौं । साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ । अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोले क्लब छोडेको जानकारी दिएको हो । अल नासरमा २०२३ को जुलाई ६ देखि कार्यभार सम्हालेका कास्ट्रोलाई क्लबले यस सिजनको शुरुमै बर्खास्त गरेको छ ।

अल नासरले कास्ट्रोको नेतृत्वमा ६२ खेल खेलेकोमा ४४ खेल जितेको थियो भने ११ खेल बराबरी र ७ खेलमा हार बेहोरेको थियो । अल नासरले अब एसी मिलानका पूर्व प्रशिक्षक स्तेफानो पिओलीलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।