ताजा अपडेट »

महासचिव पोखरेलको प्रश्न- वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो ?

बुधबार, ०२ असोज २०८१, १२ : ३८
16 Shares
बुधबार, ०२ असोज २०८१
16 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा यस्तो प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्- 'कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।