ताजा अपडेट »

कान्ति माविमा विज्ञान क्लबकाे पुनः गठन र वक्तृत्वकला सम्पन्न

मंगलबार, ०१ असोज २०८१, २० : ५८
0.93K Shares
मंगलबार, ०१ असोज २०८१
0.93K Shares

बुटवल । बुटवलको हाटबजार लाइन स्थित कान्ति माध्यमिक विद्यालयमा विज्ञान क्लबकाे पुनः गठन र वक्तृत्वकला सम्पन्न भएको छ । १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा मंगलबार वक्तृत्वकला भएको हो ।

साथै  कक्षा १२ मा अध्ययनरत प्रज्वल पन्थीको अध्यक्षतामा २५ सदस्यी विज्ञान क्लबकाे पुनः गठन समेत भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि यस विद्यालयका प्रधानाध्यापक  गोविन्द ज्ञवाली ज्युले विद्यार्थीहरूको मेहनत  बाट नै सफलता प्राप्त गर्न सकिनेमा जोड दिँदै विज्ञान क्लबको बारेमा बताए।

अतिथि  विद्यालयका सहायक प्रधानाध्यापक पूर्णभद्र उपाध्यायले कार्यक्रम सफलताको शुभकामना दिए ।  सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीले दैनिक जीवनमा विज्ञानको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रमको सञ्चालन कक्षा ११/१२विज्ञान विषयका संयोजक मोहन भट्टराईले गरे।

कार्यक्रममा कान्ति  साइन्स क्लबका नायक दीपक बस्यालले कान्ति क्लबको भूमिका प्रष्ट पार्दै देशकै विशेष विद्यालय तथा विज्ञान हभ भनेर परिचित कान्ति माध्यमिक  विद्यालयमा साइन्स क्लबले विभिन्न कार्यक्रम आयोजना गर्न अनुरोध गर्दै निर्देशनात्मक भनाई राखे।

वक्तित्वकलाको निर्णायकको भूमिकामा यसै विद्यालयका शिक्षकहरू शिशिर पौडेल कृष्ण चुदाली तथा विशाल आचार्य रहेका थिए ।उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।