ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसमा १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा संगोष्ठि कार्यक्रम

मंगलबार, ०१ असोज २०८१, २० : २५
262 Shares
मंगलबार, ०१ असोज २०८१
262 Shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा एक दिने संगोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश र बुटवल बहुमुखी क्याम्पसको रसायनशास्त्र विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राजर्सी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादवले अहिलेको युग विज्ञान र प्रविधिको रहेकोले प्राविधिक शिक्षामा राज्यले ध्यान दिनु पर्ने बताए । प्रविधिको प्रयोगबाट गरिने कामहरुले प्रतिफल गुणात्मक दिने भएकाले नेपाल जस्तो कृषिप्रधान देशले कृषिमा पनि प्रविधिको प्रयोग गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिने बताए । यस्तै बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख दुर्गा भुसालले विज्ञान र प्रविधिको प्रयोग गर्ने राष्ट्रहरुले विकासमा फड्को मारेको बताउँदै नेपालले पनि प्रविधिको प्रयोग गरे मात्रै सम्रग क्षेत्रमा विकास हासिल गर्न सकिने बताए । छिमेकी राष्ट्र भारतको सिद्धार्थ विश्वविद्यालय प्रमुख लक्ष्मण सिहले विज्ञान र प्रविधिको विकासमा नेपाल भारतका साइन्टिस्ट्ले मिलेर काम गर्नु पर्ने ताए । यस्तै नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष तथा रसायन शास्त्र विभागका प्रमुख डा. कृष्णप्रसाद शर्माले राज्यले सकेसम्म नीतिगत रुपमा नै प्रविधिको प्रयोगमा ल्याएर नागरिकहरुलाई प्रविधिको बारेमा प्रशिक्षित गराउन आवश्यक रहेको बताए ।

सो कार्यक्रममा केन्द्रिय रसायन शास्त्र विभागका प्रा. डा. मोतिलाल शर्मा, नेपाल फिजिकल सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष तथा त्रिवि प्राध्यापक संघ बुटवल बहुमुखी सभापति प्रा.डा. अनन्त पन्थी, विभागिय प्रमुख सिद्धाथ विश्वविद्यालय डा. लक्ष्म्ण सिह, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. दुर्गा भुसाल,  निवर्तमान क्याम्पस प्रमुख डा. खिमान्द न्यौपाने, साहयक प्रमुख लक्ष्मण कार्की, विजय सापकोटा, टीका पौडेल, प्रशासन प्रमुख अनिल श्रीवास्तव , प्रगतिशील  प्राध्यापक संगठनका अध्यक्ष अरुण क्षेत्री, प्रजातन्त्रवादी प्राध्यापक संघकाअध्यक्ष डा.यमप्रसाद शर्मा, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष यज्ञमुर्ती पाण्डे, त्रिवि कार्मचारी संघ बुटवल क्याम्पस अध्यक्ष शारदा पङेनी, स्ववियु सभापति दुर्गाबहादुर एमसी, तिलोत्तमा क्याम्पसका प्रमुख  डा.आरसी आचार्य, न्यु होराइजनका प्रमुख  लोकनाथ उपाध्यय , बुटवल कालिकाका प्रमुख धनश्याम पाठक, लुम्बिनी इन्जिनियर कलेज प्रमुख तुल्सी सापकोटा, क्रीएटिप इन्टरनेशनल कलेजका प्रमुख मनोज मरासिनी, स्काइ इन्टरनेशनल कलेजका सन्जिव भण्डारी, लुम्बिनी सिटि कलेजका राहुल भुसाल, नेपाल बायोलिजिकल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापा लगायत विभिन्न विभागका प्रमुख प्राध्यापक कर्मचारी, विद्यार्थी र सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सहभागिता रहेको थियो ।  

संगोष्ठि विज्ञान र प्रविधिको बारेमा विभिन्न शिर्षकमा विषयविज्ञहरुले प्रिजेन्टेशन समेत दिएका थिए । कार्यक्रम नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष तथा रसायन शास्त्र विभागका विभागिय प्रमुख डा. कृष्णप्रसाद शर्माको अध्यक्षता सम्पन्न भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।