ताजा अपडेट »
सस्ताे स्मार्टफाेन

१२ हजारमै सस्तो स्मार्टफोन नेपाली बजारमा

३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज सहित उपलब्ध

मंगलबार, ०१ असोज २०८१, १८ : ०१
48 Shares
मंगलबार, ०१ असोज २०८१
48 Shares

काठमाडौँ । स्टाइलिस स्मार्टफोन ब्रान्ड टेक्नोले टेक्नो स्पार्क गो वन मोडेलको मोबाइल नेपाली बजारमा ल्याएको छ । ११ हजार ९९० रुपैयाँ सुरुवाती मूल्य रहेको यो फोनबाट ग्राहकलाई न्यूनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्ने कम्पनीको दाबी छ । सोमबारदेखि अनलाइन र अफलाइन दुवै बजारमा यो फोन उपलब्ध भएको छ । कम्पनीका अनुसार यसमा १२० हर्ट्जसम्मको रिफ्रेश रेट, आठ जीबी र्‍याम र डीटीएस सहितको डुअल स्टेरियो स्पिकर राखिएको छ ।

५० भन्दा बढी सर्भिस सेन्टर भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठुलो सपोर्ट नेटवर्क बनाएको दाबी समेत गरेको छ । टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले यो फोन आफ्नो सेग्मेन्टकै सुपरस्टार बनेर आएको बताए । टेक्नो स्पार्क गो वन कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रिन गरी तीन रङ्गमा बजारमा आएको छ ।

तीन ओटा भेरियन्टमा आएको यो फोनको ३ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य ११ हजार ९९० रुपैयाँ राखिएको छ । त्यस्तै बाँकी दुई भेरियन्टमा समान ४ जीबी र्‍याम रहेको छ । जसको  ६४ जीबी स्टोरेज भेरियन्टका लागि १२ हजार ६९० रुपैयाँ र १२८ जीबीका लागि १३ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ । 
कम्पनीले  फोनमा १०० दिनसम्मको  रिप्लेसमेन्ट ग्यारेन्टी साथै १३ महिनाको वारेन्टी पनि उपलब्ध गराएको छ । विश्वका ७० भन्दा बढी देशमा उपस्थिति रहेको टेक्नोले स्मार्टफोनका साथै स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट, हाई ओएस अपरेटिङ सिस्टम र स्मार्ट होम अप्लायन्स जस्ता सामग्री निर्माण गर्दै आएको छ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।