ताजा अपडेट »

उपसभामुख राना रसिया प्रस्थान

मंगलबार, ०१ असोज २०८१, ११ : १७
24 Shares
मंगलबार, ०१ असोज २०८१
24 Shares

काठमाडाैं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रसिया प्रस्थान गरेकी छन्।

रसियाको सेन्टपिर्टसवर्ग शहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुवईको बिहान ९ बजेको उडानबाट रसिया भ्रमणमा निस्किएकी हुन्।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८-२० सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ। उनले उक्त फोरमलाई सम्बोधन गर्ने छिन्।

भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।