ताजा अपडेट »

आजदेखि रास्वपाको राष्ट्रिय भेला

मंगलबार, ०१ असोज २०८१, ०८ : ०७
44 Shares
मंगलबार, ०१ असोज २०८१
44 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदै छ । केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला मंगलबारबाट सुरू हुँदैछ।

काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म चल्ने केन्द्रीय परिषदको राष्ट्रिय भेलाको उद्घाटन बिहान ११ बजे हुने बताइएको छ । भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुनेछ।पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो। त्यहीअनुसार नै पार्टीको केन्द्रीय समितिले राष्ट्रिय भेलाको मिति तय गरेको हो। यही भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तय गर्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।