ताजा अपडेट »
बैंकिङ

अब राष्ट्र बैंकको अनुमतिमा मात्रै बैंक खाता रोक्का वा फुकुवा गर्न पाइने

बैंक खाता रोक्का तथा फुकुवा व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले ल्यायो विनियमावली

सोमबार, ३१ भदौ २०८१, २३ : १८
116 Shares
सोमबार, ३१ भदौ २०८१
116 Shares

नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा गर्ने कार्यलाई व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली २०८१ जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने कार्यलाई स्पष्ट तथा पारदर्शी बनाउनका लागि आइतबार नियमावली जारी गरेको हो। 

विनियमअनुसार बैंकका ग्राहकको खाता तीन प्रकारले रोक्का हुनेछ। सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरी तीन प्रकारबाट बैंकका खाता रोक्का गर्न सकिनेछ। विनियमावलीका अनुसार ग्राहकको सम्पूर्ण खाता रोक्का गर्दा इजाजतप्राप्त संस्थाहरुमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कारोबार गर्न नपाईने व्यवस्था छ भने निश्चित खाता रोक्कामा कुनै निश्चित बैंक वा वित्तीय संस्थामा रहको खाताबाट कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ।

यस्तै आंशिक खाता रोक्काअन्तर्गत भने ग्राहकको खातामा रहेको निश्चित रकम मात्रै रोक्का गरेर राख्न मिल्ने व्यवस्था गरिएको हो।  राष्ट्र बैंकले खाता फुकुवा गर्नका लागि पनि राष्ट्रबैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो। तर अदालतबाट फुकुवा गर्नुपर्ने आदेश आएको खण्डमा भने राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको हो।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।