ताजा अपडेट »

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालकाे एक्स एकाउन्ट भारतमा प्रतिबन्ध

भारत सरकारलेनै बन्द गराउन एक्सलाई पत्र लेखेकाे खुलासा

सोमबार, ३१ भदौ २०८१, २२ : १५
62 Shares
सोमबार, ३१ भदौ २०८१
62 Shares

काठमाडैं । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको खाता बन्द गराउन रिपोर्ट गरेको दाबी गरेका छन्। उनले  एक्सले पठाएको मेसेज सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भारत सरकारले आफ्नो खाता बन्द गराउन खोजेको बताएका हुन्।

‘पारदर्शिताका लागि हामीले यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट लिगल डिमान्ड भएको छ’, उनलाई आएको इमेलमा भनिएको छ ।  साेही अनुसार आफ्नो एक्स एकाउन्टलाई भारतभरि ‘विथहेल्ड’ गरीएको अभियन्ता नेपालले बताएका छन ।

ग्रेटर नेपालका पक्षमा खुलेर वकालत गर्दै आएका फणीन्द्रले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, २००० को उल्लंघन गरेको भन्दै पत्र लेखेको एक्सले नेपाललाई ईमेल मार्फत् जानकारी दिएको छ । उनले आफूले ग्रेटर नेपालको पक्षमा बोल्दा भारतलाई अप्ठ्यारो परेको बताए। ‘संसारको

सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ ।’ उनले आफूविरुद्धको प्रहार देशविरुद्धको प्रहार भएको बताउँदै  आफू एन्टी इन्डियन नभएर प्रो नेपाल भएकाे बताए । तर, परिस्थिति कस्तो भयो भने प्रो नेपाल हुनुचाहिँ एन्टी इन्डियन

हुन्छ ।’  उनले एक्समा भनेका छन ।

‘भारतले आफूलाई विश्वभरको प्रजातन्त्रिक भन्छ, मेरो ट्वीट भारतभर हेर्न नपाउने बनाएको रहेछ,’ नेपालले सेतोपाटीसँग भने, ‘धन्न ट्वीटरले सूचना दियो। मजस्तो व्यक्तिको पछाडि भारत सरकार नै लाग्नुको कारण के रहेछ बुझ्न सकिनँ।’ उनले भनेका छन् ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर लामाे समयदेखि अभियान चलाउँदै आएका फणिन्द्रले भारतबाट उच्च पदस्थ अधिकारीहरुको भ्रमण हुँदा समेत सधैँ विरोध प्रदर्शन गर्ने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत   पर्ने गरेका छन् ।
Screenshot 2024-09-16 210943

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।