ताजा अपडेट »

३६ औं झरना रनिङ शिल्ड असोज २ गतेदेखि, १६ टिम सहभागि हुने

सोमबार, ३१ भदौ २०८१, १७ : ०५
100 Shares
सोमबार, ३१ भदौ २०८१
100 Shares

बुटवल । झरना स्पोर्टस क्लबले स्व. खगी गुरुङसेनीको स्मृतिमा हुने ३६ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा गरेको छ । प्रतियोगिता असोज २ गतेदेखि उमा आधारभूत विद्यालय तिलोत्तमा ६ कुन्जालापुरको खेल मैदानमा सुरु हुनेछ ।

सोमबार पत्रकार सम्मेलनको तयारी बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा यस वर्षको प्रतियोगितामा १६ टिम सहभागी हुने झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले  बताए । प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब, नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, न्यु सिर्जना युवा क्लब, गोर्खा ब्यायज क्लब, जनज्योति एफसि, देवदह ब्यायज, फुलबारि गाईज, योग स्टार एफसी, कपिलबस्तु ११, भैरव एफसी, बालिङ युनाईटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, भुपु सैनिक युवा क्लब गरि १६ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए ।

सहभागि टिम मध्य १३ टिम रुपन्देही जिल्लाका हुन् भने पश्चिम नवलपरासी, कपिलवस्तु र स्याङ्जाको वालिङबाट एकएक टिम सहभागि भएका छन्  ।  प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विजय पुनले बताए । यस्तै दोस्रो हुनेले १ लाख ८१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ। आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलका अनुसार प्रतियोगिताको सेमीफाइनल खेल्दै दुवै टिमलाई २५ हजार प्रदान गरिने खेल संयोजक पुनले बताए ।   

त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमशस् १०र१० हजार पाउनेछन् भने खेल अवधिभरि हरेक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । क्लबको अध्यक्ष धनेन्द्र पौडेल, क्लबका पूर्व अध्यक्ष लोक पुन, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, खेल संयोजक बिजय पुन, सचिव मोहनसिह राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले पत्रकार सम्मेलनमा नया डिजाईन गरिएको रनिङशिल्डलाई सामुहिक रुपमा सार्वजनिक गरेका छन ।

प्रतियोगिता सम्पन्न गर्नका लागि २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । २०२७ सालमा स्थानीय युवाले स्थापना गरेको उक्त क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । खेल हेर्नका लागि ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।