ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा जेब्रा झोलाभित्र भेटियो शव

सोमबार, ३१ भदौ २०८१, १६ : ०८
2K Shares
सोमबार, ३१ भदौ २०८१
2K Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा सोमबार विहान एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५/२६ वर्ष उमेरका युवाको शव फेला परेको हो । 

तिलोत्तमा-१३ चिलिया (मधवलिया चाेकदेखि पश्चिम) स्थित खेतमा काम गर्न गएका स्थानीयले बोरामा पोका पारेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब १ सातादेखि रहेको हुन सक्ने प्रहरी नायव उपरीक्षक पण्डितले बताए । मधेशी मूलको जस्तो देखिने उक्त पुरुषको शवलाई भित्रबाट प्लाष्टिकको बोरामा पोको पारी बाहिरबाट तन्ना र त्यसबाहिर जेब्रा झोलामा पोका पारिएको अवस्थामा भेटिएको हो । 

शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शव बारे कुनै पनि पहिचान नखुलेको र हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।