ताजा अपडेट »

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

सोमबार, ३१ भदौ २०८१, १५ : १४
8 Shares
सोमबार, ३१ भदौ २०८१
8 Shares

काठमाडौं । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करोड ७० लाख ६१ हजार ८०७  कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।