ताजा अपडेट »

सहकारी छानविन समितिको प्रतिवेदन संसदमा पेस, यस्तो छ कार्यविवरण

सोमबार, ३१ भदौ २०८१, १५ : ११
70 Shares
सोमबार, ३१ भदौ २०८१
70 Shares

बुटवल । सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार प्रतिवेदन पेस गरेको छ। समितिका सभापति सूर्य थापाले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले छानविनका क्रममा ६६ वटा बैठक सम्पन्न भएका जानकारी गराए । छलफल तथा जनकारीहरु लिनका लागि ५६ वटा बैठक बसेको जानकारी गराउँदै उनले विभिन्न क्षेत्रका ४५१ जना व्यक्तिहरुसँग छलफल र जानकारी लिने काम भएको जानकारी गराए । समितिले ४७ जना सहकारी सञ्चालकहरु र गोर्खा मिडिया प्रालिका सञ्चालक तथा कर्मचारीसमेत तीन जनासहित ५५ जनासँग सोधपुछगरेको थियो । छानविनका क्रममा ४० वटा सहकारी संस्थाहरुको वित्तीय विश्लेषण गरिएको सभापति थापाले संसदलाई जानकारी गराए । 

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सबैभन्दा बढी समस्या देखिएको बताउँदै उनले फेक विवाह, फेक अंशबन्दा, फेक सेयर सदस्य, फेक ऋणी, फेक लेखापरीक्षण तथा फेक साधारणसभा लगायतका बेथितीहरु भेटिएको उल्लेख गरे । १८ परिच्छेदमा तयार पारिएको समितिको प्रतिवेदनले विभिन्न १४ बुँदामा सुझाब प्रस्तु गरेको जानकारी गराए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।