ताजा अपडेट »

सहकारी छानविन समितिको प्रतिवेदनमा सर्वसहमति

सोमबार, ३१ भदौ २०८१, १४ : २७
92 Shares
सोमबार, ३१ भदौ २०८१
92 Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित समितिको प्रतिवेदनमा सर्वसहमति जुटेको छ । समितिका सभापति सूर्य थापासहित सबै सदस्यको हस्ताक्षरसहितको प्रतिवेदन प्रतिनिधि सभामा सोमबार नै पेस गर्ने तयारी गरेका छन्।

सहकारीका बचत फिर्ता नपाएका पक्ष, सहकारी रकम अपचलनमा संलग्नको आरोपितहरू, सरोकारवालाहरू, सहकारी विभागलगायत विज्ञहरूसँग पनि समितिले छलफल गरेको थियो। समितिले दुई सय पृष्ठभन्दा  लामो प्रतिवेदन तयार पारेर सर्वसम्मतिले प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको सभापति थापाले जानकारी दिए । समितिले तीन महिनामा ६६ वटा बैठक गरेको थियो । 

प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो। समितिलाई तीन महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो। समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू (बद्रीप्रसाद पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले) बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।