ताजा अपडेट »

मोतिपुर औद्योगिक क्षेत्र जसरी पनि सञ्चालन गर्छौं : अर्थमन्त्री पौडेल

सोमबार, ३१ भदौ २०८१, १३ : ३४
182 Shares
सोमबार, ३१ भदौ २०८१
182 Shares

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रलाई जसरी पनि सञ्चालनमा ल्याउने बताएका छन् । सोमबार बुटवल उद्योग वाणिज्य संघको ६९ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले समस्या नभएको ठाउँबाट प्लट विकासगरी अघि बढाउन सरकार प्रयासरत रहेको बताए । 

शिलान्यास भएको ३ वर्ष लामो समयसम्म पनि जग्गा विवादका कारण गति लिन नसकेको औद्योगिक क्षेत्र हाल अलपत्र अवस्थामा रहेको छ । पौडेल अर्थमन्त्री रहेकै समयमा २०७७ फागुनमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रमा केही ढिलाइ भएको बताउँदै अर्थमन्त्री पौडेलले जसरी पनि बनाएरै छाड्ने उनले स्पष्ट पारेका हुन् । 

सरकार जनताका समस्या समाधान गरेर अघि बढ्ने बताउँदै आशातीत भएर लगानी गर्न अर्थमन्त्री पौडेलले उद्योगीहरुलाई आग्रह गरेका छन् ।  सरकारले व्यवसायिक समस्या समाधान गर्ने प्रतिवद्धता गर्दै उनले उद्योगीहरुलाई लागानीका लागि आग्रह गरेका हुन् । 

राजनीतिक अस्थिरता समृद्धिको बाधक रहेको बताउँदै उनले अहिलेको सरकार बनेपछि भने जनतामा उत्साह आएको दाबी गरे । वर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकालमा रहने बताउँदै उनले समीकरण र सहयात्राले पूर्णता पाउने उल्लेख गरे । ‘कांग्रेस(एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार नै गठबन्धन अघि बढ्ने उनले दोहोर्याए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताको कन्फिडेन्ट बढ्न नसकेको गुनासो गरे । अध्यक्ष ढकालले लगानी गर्दा कानूनी अप्ठ्यारा र  झन्झट फुकाउन सरकारलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।