ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले मनायो विश्व ओजन संरक्षण दिवश

सोमबार, ३१ भदौ २०८१, १२ : ५५
240 Shares
सोमबार, ३१ भदौ २०८१
240 Shares

बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित  ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा) विश्व ओजन संरक्षण  दिवश विविध  कार्यक्रम  गरी मनाइएको छ । संयुक्त  राष्ट्र  संघमा १९८७ सेप्टेम्बर  १६ गते विश्वका २४ वटा राष्ट्रले ओजोन विनाशकारी हानिकारक  तत्वहरुको उत्पादन कम गर्ने मोन्टेरल हस्ताक्षरको दिनलाई विश्व ओजोन संरक्षण  दिवशका रुपमा मनाइन्छ । यसमा क्लोरोफ्लोरो लगायतका  ९४ रसायन  पर्दछन।

मानव जीवनका लागि ओजन तहको संरक्षण  गर्नु पर्ने घोषणा गरे सँगै प्रत्येक  वर्ष  सन १९९५ देखि सेप्टेम्बर  १६ मा विश्व  ओजन संरक्षण दिवसका रुपमा मनाउन  थालिएको हो । यसै अवसरमा ब्रिटिस ग्रामर स्कुल रुपन्देहीको कक्षा १० मा अध्ययनरत  विद्यार्थीहरुले विविध  कार्यक्रमको आयोजना  गरि  विश्व  ओजोन संरक्षण  दिवश मनाएको विद्यालयका प्राचार्य  दिलबहादुर  बुढाथोकीकोले बताए।

541c21d7-78a7-40ce-8205-cb297fda71a4

 कार्यक्रमको पहिलो सत्रमा विद्यार्थीहरुले अक्सिजन विना मानव जीवनको कल्पना  गर्न सकिँदैन र अक्सिजनका लागि ओजन तह संरक्षण  आवश्यक  रहेको थिममा प्लेकार्डका माध्यमबाट जन चेतना जगाउने  कार्य  गरे भने  दोस्रो  सत्रमा विद्यार्थीहरुले यसैलाई  मूल विषझ बनाएर नाटक प्रस्तुत गरेको  कार्यक्रम  संयोजक शिक्षक विजय कार्कीले जानकारी  दिनु भयो।

मोफसलमा एक मात्रै  प्रोग्रेसिभ   शिक्षण पध्दति सञ्चालन  गरेको ब्रिटिस ग्रामर स्कुल पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन लेयरले मानव जाती र सम्पूर्ण  पृथ्वीको संरक्षण  गरेकाले यसको संरक्षण  गर्नु हामी सबैको दायित्व  भएको हुँदा यो महत्त्वपूर्ण  कार्यक्रम   सम्पन्न गरेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

bdbc4543-ff38-4104-a2cc-f5094893a7c7

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।