ताजा अपडेट »

यस्तो छ आज सुनचाँदीको मुल्य

सोमबार, ३१ भदौ २०८१, ११ : १७
78 Shares
सोमबार, ३१ भदौ २०८१
78 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा ५ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।