ताजा अपडेट »

बुटवलमा होटल हाईल्याण्ड प्रा.लि.को औपचारिक शुभारम्भ

सोमबार, ३१ भदौ २०८१, ०९ : २६
26 Shares
सोमबार, ३१ भदौ २०८१
26 Shares

बुटवल । बुटवलको कालिकानगरमा आईतबार देखि होटल हाईल्याड प्रालिको औपचारिक शुभारम्भ गरिएको छ ।

युवा पर्यटन व्यवसायी अर्जुन थापाले एकल लगानीमा प्रा।लिको रेष्टुरेन्ट शुभारम्भ गर्दै हाईल्याण्ड प्रा।लिलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएका हुन । उक्त शुभारम्भ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरे ।

सो अवसरमा बोल्दै उनले बुटवल बजारलाई चलायमान बनाउन रात्रिकालिन बजार चलाउनुपर्ने बताए । उनले पर्यटन नै आर्थिक विकासको आधार भएको समेत भन्दै पछिल्लोसमय धेरै होटल ब्यवसायीहरु रात्रीकालिन सेवा दिने गरि पूर्वाधार विकास गर्दै गएको र क्षेत्र तोकेर रात्रीकालिन चलाउन सकिने सम्भावना समेत रहेको बताए ।

युवा ब्यवसायी अर्जुन थापाले ६ वर्ष अघि लिजमा लिएर सो होटल शुरुवात गरेका थिए । जागिरसंगै ब्यवसायमा लागेको उनि यस क्षेत्रमा धेरै उतारचढावहरु ब्यहोरेको बताए । होटलमा १४ वटा एसि रुम, ७ ननएसी एटेज गरि २१ वटा रुमहरुसंगै ब्यवस्थित रेष्टुरेन्ट समेत थप गरिएको उनले बताए ।

कार्यक्रममा रुपन्देही होटल ब्यवसायी संघका सल्लाहकार माधव प्रसाद नेपालले पर्यटनबाट आर्थिक विकासको सम्भावना हुदाहुदै पनि धेरै गर्न नसकिएको भन्दै अब सरोकारवालाहरु यस विषयमा जाग्नुपर्ने बेला आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।