ताजा अपडेट »

लुम्बिनी प्रदेश योजना आयोगमा उपाध्यक्ष तथा सदस्यहरु नियुक्त

सोमबार, ३१ भदौ २०८१, ०९ : १२
188 Shares
सोमबार, ३१ भदौ २०८१
188 Shares

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा. सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका-१६ निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका-१८ निवासी शान्ता देवि ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए । 

बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका-४ चिराघाटबाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो । यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहर बीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।