ताजा अपडेट »

इस्लाम धर्मावलम्बीहरुले मोहम्मद जयन्ती मनाउँदै

सोमबार, ३१ भदौ २०८१, ०७ : ०४
102 Shares
सोमबार, ३१ भदौ २०८१
102 Shares

बुटवल । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउँदै छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरुहरु बताउँछन् । 

सरकारले मोहम्मद पैगम्बरको अवसरमा उक्त समुदायलाई आज सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ –‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।