ताजा अपडेट »

नेपाल आयल निगमद्वारा डिजेल, मट्टितेल र पेट्रोलको मूल्यमा भारी कटौती, आजै राती देखी लागु हुने

आइतबार, ३० भदौ २०८१, २० : ५४
3K Shares
आइतबार, ३० भदौ २०८१
3K Shares

काठमाडौँ । नेपाल आयल निगमले  पेट्रोल र डिजेल दुवैको मूल्यमा समायोजन गरेको छ । नेपाल आयल निगमले आजै राती ०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।  नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।  त्यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा क्रमशः पेट्रोल १५८ रुपैयाँ र डिजेल १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा पेट्रोल  १५६.५ रुपैयाँ र डिजेल१४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

नेपाल आयल निगम लि. का प्रवक्ता द्वारा हस्ताक्षरित  विज्ञप्तिमा  इन्डीयन अायल कर्पाेरेसन बाट नया मुल्य प्राप्त भएअनुसार डिजल तथा पेट्रोलकाे मुल्य घटेर आएकाे हुँदा  २०८१ /०५/३१ गते राती ०१ बजे बाट लागुहुने गरी साबिककाे खुद्रा मुल्यमा  डिजेलमा ५ तथा पेट्रोलमा ४ रूपैया मुल्य  घटाइएकाे जनाइएकाे हाे ।

नेपाल आयल निगम लि. का प्रवक्ताद्वारा हस्ताक्षरित  विज्ञप्तिमा  इन्डियन आयल कर्पोरेसन बाट नयाँ मूल्य प्राप्त भए अनुसार डिजल तथा पेट्रोलको मूल्य घटेर आएको हुँदा  २०८१ /०५/३१ गते राती ०१ बजे बाट लागु हुने गरी साबिकको खुद्रा मूल्यमा डिजेलमार मट्टितेलमा ५ तथा पेट्रोलमा ४ रूपैया मूल्य  घटाइएको जनाइएको हो ।oil

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।