ताजा अपडेट »

महिला उद्यमीहरुको सामुदायिक अभ्यास संजालका लागि लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम

आइतबार, ३० भदौ २०८१, २० : ०४
32 Shares
आइतबार, ३० भदौ २०८१
32 Shares

बुटवल । महिला उद्यमीहरुको सामुदायिक अभ्यास संजालका लागि लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वमन एक्टको आयोजनामा आइतबार बुटवलमा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 

अभिमुखीकरण कार्यक्रममा बोल्दै उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले महिलाहरुलाई उद्यमी बनाउनका लागि आवश्यक सहयोग गर्नका लागि लुम्बिनी प्रदेश सरकार तयार रहेको बताए । साथै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेश सरकारले संचालन गर्ने गरेका तालिमहरु मध्य ७० प्रतिशत महिला केन्द्रित रहेको दावी गरे ।

उद्योग भनेको सिमेन्ट, रक्सी लगायतका ठूला उद्योगहरु मात्रै हुन भन्ने मानसिकताबाट सबै मुक्त हुनु पर्ने बताए । साथै मन्त्री न्यौपाने पछिल्लो समयको पुस्ता कृषिमा लाग्न चाहेकोमा दुःख व्यक्त गर्दै युवाहरु विदेशीने अवस्थालाई रोक्न नसके अब १० वर्षमा नेपालमा बुढाहरु मात्रै रहने बताए । साथै यसलाई रोक्नका लागि राज्य गम्भीर हुनु पर्ने र आम नागरिकले पनि विदेशमा भन्दा स्वदेशमा नै केह गर्ने सोच बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले महिलाहरु आर्थिक रुपमा सवल हुनु पर्ने बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउनका लागि राज्यले आवश्यक नीति निर्माण गर्नु पर्ने बताइन् । महिलाहरुलाई उद्यमशिलतासँग जोडेर आर्थिक रुपमा आत्मनिर्भर बनाउका लागि आफ्नो पालिका भित्रका महिलाहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरिन् ।

अभिमुखीकरण कार्यक्रममा वमन एक्टका कार्यकारी अध्यक्ष सृजना अधिकारीले महिला उद्यमीहरुको सामुदाष्कि अभ्यास संजालकोृ उद्देश्य, महत्व र फाइदाका बारेमा सहभागिहरुलाई जानकारी गराएकी थिइन् । अभिमुखीकरण कार्यक्रममा बुद्धभुमी, कोहलपुर, नेपालगन्ज, सियारी, तिलोत्तमा, बुटवल, सुनवल, रामग्राम लगायतका स्थानीय तहका महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रम वुमन एक्टकी अन्जु केसीको स्वागत मन्तव्य र रेशम थापाको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।