ताजा अपडेट »

संघमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी भूमि व्यवस्था मन्त्रालयविरुद्ध

आइतबार, ३० भदौ २०८१, १६ : ०२
102 Shares
आइतबार, ३० भदौ २०८१
102 Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय मन्त्रालयमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयविरुद्ध पर्ने गरेको जनाएको छ । 

अख्तियारले बुधबार सार्वजनिक गरेको ३४ औँ वार्षिक प्रतिवेदनमा सो मन्त्रालय अन्तरगत कुल उजुरीको १८।१३ प्रतिशत उजुरी पर्ने गरेको उल्लेख छ ।  

यस्तै गृह मन्त्रालयविरुद्ध ९।९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयविरुद्ध ९।६९, अर्थ मन्त्रालयविरुद्ध ५।९७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध ५।८३, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयविरुद्ध ४।०१, पर्यटन मन्त्रालयविरुद्ध ३।५०, सञ्चार मन्त्रालयविरुद्ध ३।३४ प्रतिशत उजुरी परेको छ । 

यसैगरी उद्योग मन्त्रालयविरुद्ध २।२२ र अन्य मन्त्रालय तथा निकायविरुद्ध ३३।६५ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।