ताजा अपडेट »

प्रकाश राई भए पाचौं  मिस्टर काठमाडौं

आइतबार, ३० भदौ २०८१, १५ : ३६
222 Shares
आइतबार, ३० भदौ २०८१
222 Shares

बुटवल । फोनिक्स फिटशालाका  प्रकाश राईले शनिबार राष्ट्रिय पाचौं  खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार दशरथ रंगशालाको कर्भड हलमा सम्पन्न विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीचको प्रतिस्पर्धामा प्रकाश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भए।

 ७५ केजी भन्दा माथिल्लोमा पहिलो हुँदै उनले उपाधि होडमा प्रवेश गरेका थिए। उनले विभिन्न तौलसमूहमा पहिलो भएका डिभाइन फिट्नेसका राजकुमार मानान्धर  (५५ केजी), एक्सट्रिम फिट्नेसका चनबहादुर थापा (६० केजी), ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राइ (६५ केजी), कालिमाटी फेण्डस जिमका देवेन्द्र बज्राचार्य  (७० केजी र  फिट्नेस टाइमरुपन्देहीका  कृष्ण श्रेष्ठ (७५ केजी)लाई पछि पारे । उपाधिसँगै प्रकाशले १ लाख ५० हजार नगद पुरस्कार पाए। आफ्नो तौलसमूहमा पहिलो भएबापत उनले ले छुट्टै १५ हजार नगद पुरस्कार पनि हात पारे। शारीरिक सुगठन तर्फ हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए।

महिला एथलेटिक्स फिजिक्समा द एक्स जिमकि सानू श्रेष्ठ पहिलो,  एक्पोज जिमकी  कमला श्रेष्ठ दोस्रो र गोल्ड जिमकी उर्मिला श्रेष्ठ  तेस्रो भए। महिला बिजेताहरु ले क्रमशः ५० हजार  २५ हजार र १५ हजार प्राप्त गरे । 

जुनियर पुरुष २१ वर्ष मुनिको स्पर्धामा  डायनेष्टि जिम रुपन्देहीका आदित्य श्रेष्ठ पहिलो,, द एक्सप्रेस जिमका रिसब श्रेष्ठ  दोस्रो र  अनलिमिटेड जिमका असिम थापा  तेस्रो बने।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि  निरल श्रेष्ठ , ज्ञानेश्वर चौघरी दोश्रो   र आकास श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे।

सोही स्पर्धाको १ सय ७० सेन्टिमिटर मुनिमा अल्टिमेट जिमका जेम्स मगरले स्वर्ण, एक्सपोजका पुकार शाक्यले रजत र न्यु गोल्डजिमका सुरज डंगोलले कांस्य जिते। यी दुई फिजिक्स स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजारका दरले नगद पुरस्कार पाए।

विजेतालाई नेपाल सरकारका माननीय  गृहमन्त्री रमेश लेखक, बिशिस्ट अतिथि ठाकुर गैरे,  नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष बिजयलाल कायास्थ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। भाद्र २८ र २९ गते दुईदिने प्रतियोगितामा दुई  सय ८ खेलाडी सहभागीताको राष्ट्रिय रेकर्ड बनाउन सफल  भएको  थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।