ताजा अपडेट »

संविधान दिवस भब्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

आइतबार, ३० भदौ २०८१, १४ : ०५
52 Shares
आइतबार, ३० भदौ २०८१
52 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका हुन् । 

सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको सो अवसरमा मुख्यमन्त्री आचार्यले बताए । आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ । 

असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने भएको छ । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने भएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख प्रतिपक्ष दल नेता जोखबहादुर महरा, संसदिय दलका नेता तथा प्रतिनिधि, मन्त्रीहरु, सचेतक सहित मन्त्रालयका सचिव तथा कर्मचारी, गैर सरकारी संस्था महासंघका प्रतिनिधि, पत्रकारहरुको सहभागीता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।