ताजा अपडेट »

दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिने घोषणा

आइतबार, ३० भदौ २०८१, १३ : ०८
118 Shares
आइतबार, ३० भदौ २०८१
118 Shares

काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि दिल्लीका मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । 

उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।