ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीको अधिवेशन सम्पन्न

आइतबार, ३० भदौ २०८१, ०९ : ३४
168 Shares
आइतबार, ३० भदौ २०८१
168 Shares

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लि.बुटवल–४ को १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन, शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टोपबहादुर थापाको अध्यक्षता र पूर्व एआईजी डा. गोविन्दप्रसाद थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न गरिएको हो । 

कानुङ सहकारी संस्थाका परिकल्पनाकार समेत रहेका प्रमुख अतिथि थापाले कतिपय सहकारीहरु समस्याग्रस्त र बद्नामी गरिरहेको अवस्थामा यो संस्थाले राम्रो गरिरहेकोमा खुशी व्यक्त गरे। खर्च कम र बचतमा ध्यान दिनुपर्ने सुझाए। संस्था जहिलेसुकै सदस्यमुखी,आयआर्जन र उद्यमशीलतामा जोडी रहनुपर्ने विचार ब्यक्त गरे। सभामा विशिष्ट अतिथि, कानुङका संस्थापक अध्यक्ष ईन्जिनियर हीराबहादुर भलामी, पूर्वअध्यक्ष, जंगबहादुर श्रीस, देवदह न।पा।(१०,चरङ्गे जनप्रतिनिधि  भविलाल थापा, शेयर सदस्यद्वय मिठु मगर र जितबहादुर रानाले संस्थाको उन्नति प्रगतिका बारेमा शुभकामना मन्तव्य राखेका थिए। 

उक्त सभामा, विद्यार्थी , निजामति कर्मचारीमा छनौट भएका,असल शेयर सदस्य, सदस्य अभिवृद्धिकाका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो। सचिव बेनप्रसाद थापाको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ईन्द्रा बलालले गरेकी थिइन्। उक्त अधिवेशनबाट अध्यक्षमा बेनप्रसाद थापा,उपाध्यक्षमा दानबहादुर थापा, सचिवमा युवराज काउचा र  कोषाध्यक्षमा ठमी थापा चयन भएका छन् । सदस्यहरुमा हेमबहादुर बुढाथोकी, पिताम्बर पुन,गुमा कुमारी सिंजाली, गंगा पुन र मनोज थापा चयन भएका छन् । त्यसैगरी  लेखा समितिमा निरन्जन थापा, श्रीधर अर्घाली, तिलमाया पुन निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक तथा कानूनी सल्लाहकार अधिवक्ता मदनकुमार पुनले घोषणा गरेका थिए। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।