ताजा अपडेट »

कविताः जुहारी

आइतबार, ३० भदौ २०८१, ०९ : १९
108 Shares
आइतबार, ३० भदौ २०८१
108 Shares

जुहारी

 

यस्तो देश जहाँ 

मेयर र प्रधानमन्त्री जुहारी खेल्छन्

सांसद र सरकार जुहारी खेल्छन् 

एउटा सत्य र  न्यायको वकालत गर्छ

भ्रष्टाचार विरुद्ध आगो ओकल्छ,

र अविलम्ब कारबाहीको माग गर्छ,

सडकमा युवाको राँको बल्छ ।

 

अर्को कानमा तेल हालेर बस्छ

केहि थाह नपाएझै,

अनि भन्छ-को यो फ्याउरो

 देशको महामहिमसङ जोरी खोज्ने ?

तब शुरू हुन्छ, सिद्ध्याउने खेल

अनेक जालझेल

सत्तोसराप, वाकयुद्ध

प्रहार,झगडा,मारामार र हानाहान ।

 

समृद्ध नेपाल,सुखी नेपालीको सपना

यसरी पूरा भइरहेछ नयाँ नेपालमा ।

हुलका हुल युवाहरू खाडीमा

नेताहरू सरर चिप्लो गाडी 

अनि रातो साडीमा !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।