ताजा अपडेट »

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउन प्रधानमन्त्रीले छलफल गर्ने

आइतबार, ३० भदौ २०८१, ०९ : ०५
28 Shares
आइतबार, ३० भदौ २०८१
28 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न साना कारोबारलाई निःशुल्क बनाउन पहल गर्ने बताएका छन् ।  
पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् ।

नागरिकले फेसबुकमार्फत समस्या बारे जानकारी गराएको बताउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।