ताजा अपडेट »
शैक्षिक कार्यक्रम विस्तार

काठमाडौँ विश्वविद्यालयको ''बी टेक एड आइटी'' रूपन्देहीकाे मणिग्राममा संचालन

आइतबार, ३० भदौ २०८१, ०८ : १३
76 Shares
आइतबार, ३० भदौ २०८१
76 Shares

बुटवल। अब काठमाडौँ विश्वविद्यालयको शैक्षिक कार्यक्रम रुपन्देहीमा समेत अध्यापन हुने भएको छ । विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राम स्थित रेडियन्ट कलेजमा सूचना प्रविधिको शैक्षिक कार्यक्रम बी टेक एड आइटी (B.Tech.Ed IT) काे पढाइ हुने भएको हो । 

यस शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि भदौ २८ गते शुक्रबार कलेजले मणिग्राममा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयका विभागीय प्रमुख विनोद पन्तले पहिलोपटक रुपन्देहीमा सञ्चालन हुने यस कोर्सकाे नवीनतम प्रविधि र पाठ्यक्रममा आधारित शिक्षाबाट समग्र विद्यार्थी लाभान्वितहरू हुने बताए ।

नेपालमै पहिलो पटक २५ वटा भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय सफ्टवेयर कम्पनीहरुको संयुक्त पहलमा  कलेजमा पढेका विद्यार्थीलाई पहिलो वर्षको अध्ययन पश्चात इन्टर्नसिप र रोजगारीको समेत व्यवस्था गरिने कलेजका अध्यक्ष ईन्जिनियर आलोककुमार पाण्डेले बताए ।

कस्तो हाे कोर्स ?
केयूको यो कोर्स ‘स्कुल अफ एजुकेसन’को स्टिम एजुकेसन विभाग अन्तर्गत राखिएको छ । यो चार वर्षे (आठ सेमेस्टर) १३६ क्रेडिट आवरको कोर्स हो । प्राविधिक तथा व्यावसायिक शिक्षामा आवश्यक पर्ने व्यावसायिक जनशक्ति उत्पादनमा यो कोर्स केन्द्रित छ । साथै कोर्स पढेपछि सूचना प्रविधि क्षेत्रका विभिन्न काम गर्न दक्ष हुन सकिन्छ । केयूले सन् २०२२ देखि मात्रै यो कोर्स सञ्चालनमा ल्याएको हो । सरल भाषामा बुझ्दा यो कोर्स शिक्षा र आइटी कोर्सको मिश्रण हो । यस कोर्सले टीभेट क्षेत्रको जनशक्तिको माग पूरा गर्ने बताइएको छ ।

पाठ्यक्रम
कोर्समा आईटीबाहेक शिक्षा तथा शिक्षण सम्बन्धी पनि पाठ्यक्रम राखिएको छ, जसमा करिकुलम डेभलपमेन्ट, एजुकेसनल साइकोलोजी, टीभेट इकोसिस्टम इन नेपाल, डिजाइनिङ अकुपेसनल करिकुलम आदि विषय छन् । त्यस्तै आईटीमा सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, प्रोग्रामिङ ल्याङ्ग्वेज, डिजिटल लजिक, ई-लर्निङ म्यानेजमेन्ट सिस्टम लगायत अन्य विषय पढ्नुपर्छ । त्यस्तै यस कोर्समा विद्यार्थीले शिक्षण र व्यवहारिक काम गरी दुई ओटा इन्टर्नसिप गर्नुपर्ने हुन्छ । 

विश्वविद्यालयले यस विषयमा कोर कोर्स १८ क्रेडिट आवर, भोकेसनल पेडागोजिकल कोर्स २० क्रेडिट, स्पेसलाइजेसन इन आइटी ८० क्रेडिट आवर  र इन्टर्नसिप तथा रिसर्च १८ क्रेडिट आवर बराबर तोकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।