ताजा अपडेट »

सिमलतालमा ट्रक दुर्घटना, त्रिशुलीमा वेपत्ता

आइतबार, ३० भदौ २०८१, ०८ : ०८
476 Shares
फाइल तस्विर
आइतबार, ३० भदौ २०८१
476 Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए ।

दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप बिबरण आउन बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।