ताजा अपडेट »

राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुद्वारा परियोजना अलाेकन कार्य सम्पन्न

आइतबार, ३० भदौ २०८१, ०७ : ५६
28 Shares
आइतबार, ३० भदौ २०८१
28 Shares

राष्ट्रिय वाल दिवसको मुलमर्म लाई आत्मसात् गर्दै मिडवेस्ट पोइन्ट एकेडेमीका विद्यार्थीहरू शुकौराकोटको दरबार हुँदै पाण्डवेश्वरको शिव मन्दिर धारपानी धामसम्म पुगेर परियोजना अवलोकन कार्य सम्पन्न गरेका छन् । पश्चिम दाङको चर्चित विद्यालय मिडवेस्ट पोइन्ट एकेडेमीले विभिन्न समयमा आफ्ना   विद्यार्थीहरूलाई अवलोकन भ्रमण लगायत परियोजना कार्यहरू सम्पन्न गराउँदै आए अनुरूप यस पटक यो भ्रमण गराएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध कुमार डाँगीले विद्यालयमा अतिरिक्त क्रियाकलापका अतिरिक्त हुने र यस्ता अध्ययन भ्रमण तथा परियोजना कार्यले महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा जोड दिए। विद्यार्थीको मानसिक विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकोले नेपाली कला, संस्कार, धार्मिक, पौराणिक तथा प्राचीनतम इतिहासको बारेमा उनीहरूलाई सचेत बनाएर जागरूक बनाउन सकियो भने सहजै समाज रूपान्तरण गर्न सकिने विद्यालयका प्राचार्य वीर बहादुर घर्तीले बताए ।

मिडवेस्ट पोइन्ट एकेडेमीका कक्षा ८ , ९ र १० का विद्यार्थीहरूले प्रसिद्ध पाण्डवेश्वर शिव मन्दिर धारा पानीको अवलोकन गर्दै त्यहाँको ऐतिहासिक, पौराणिक, सांस्कृतिक, सामाजिक विषयवस्तुको बारेमा त्यहाँका स्थानीय, बुद्धिजीवी तथा मन्दिर व्यवस्थापन समितिसङ जानकारी लिएका छन् । सोही अवसरमा पाण्डवेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुकुमार आचार्यले परियोजना कार्यमा खटिएका छात्रछात्राहरूलाई मन्दिरको पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्वको बारेमा प्रकाश पार्दै त्यहाँको सामाजिक जनजीवन तथा  निर्माणाधीन कार्यहरूको बारेमा समेत जानकारी गराए ।

विद्यार्थीहरूले दंगीशरण राजाको शुकौराकोट दरबारको अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिको बारेमा पनि  चासो र अभिरुचिका साथ स्थलगत विवरण तयार पारेका छन् । सोही अवसरमा विद्यार्थीहरूले विभिन्न समूह बनाएर त्यहाँको ऐतिहासिक, सांस्कृतिक, सामाजिक विषयवस्तुको बारेमा बुझ्न त्यहाँका स्थानीय, बुद्धिजीवी, बुढापाकाहरूसँग जानकारी लिए ।

विद्यालयका शिक्षक पूर्ण बोहराको संयोजकत्वमा सम्पन्न परियोजना कार्यक्रममा साहित्यकार तथा मोटिभेटर डिल्ली बस्नेत ‘सङ्गीत’ ले बालबालिकाको चौतर्फी विकासमा यस्ता परियोजना कार्यले विशेष महत्त्व राख्ने भएको हुँदा आगामी दिनहरूमा पनि विद्यालयले यो कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।