ताजा अपडेट »
नेपालमा ईभी गाडीहरू

मर्सिडिज बेञ्जको साझेदारीमा उत्पादीत ‘स्मार्ट’ ईभी सीजी मोटर्सले दशैंपछि नेपाल ल्याउने

आइतबार, ३० भदौ २०८१, ०७ : ३५
68 Shares
आइतबार, ३० भदौ २०८१
68 Shares

काठमाडौँ । नेपाली बजारमा चिनियाँ ब्रान्ड का ईभी गाडीहरू लगातार भित्रिने क्रम बढ्रदाे छ । यसै क्रममा चौधरी ग्रुपको सिजी मार्सले चिनिया ब्रान्ड ‘स्मार्ट’ का दुई विद्युतीय कार नेपाल ल्याउन लागेको हो । स्मार्ट ईभीका लागि नेपाली बिक्रेता सिजी मोटरर्सले दशै‌ंपछि ‘स्मार्ट ह्यास वन’ (Smart #1) र ‘स्मार्ट ह्यास थ्री’ (Smart #3) गरी दुइ कम्प्याक्ट एसयूभी मोडल नेपाल भित्र्याउन लागेको हो । 

स्मार्ट मोटर सले जर्मनीको मर्सिडिज बेन्ज ग्रुप तथा चीनको जिली होल्डिङको जोयन्ट भेन्चरमा विद्युतीय सवारीहरू उत्पादन गर्दै आएको छ । नेपाली बजारमा दुवै मोडेलका प्रिमियम भेरियन्ट भित्रिने बताइएको छ । यी पूर्ण विद्युतीय कम्प्याक्ट एसयूभीले कनेक्टेड कारको भविष्यलाई अघि बढाउने कम्पनीले  विश्वास लिएकाे छ । 

दुवै मोडेलले युरोपको फाइभ स्टार एनसीएपी सेक्युरिटी रेटिङ प्राप्त गरेका छन् । यी गाडीमा पूर्ण रूपमा विद्युतीय पावरट्रेन, आधुनिक कनेक्टिभिटी, फराकिला भित्री डिजाइन, अत्याधुनिक ड्राइभर-असिस्ट प्रणाली लगायतका विशेषताहरू रहेका छन् । 

प्रिमियम इलेक्ट्रिक कार र कनेक्टेड कारको अवधारणामा निर्माण गरिएका यी मोडलमा आकर्षक विशेषता रहेको कम्पनीको भनाइ छ । विश्व बजारमा स्मार्टका झन्डै १६ लाखभन्दा इलेक्ट्रिक गाडी बिक्री भइसकेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।