ताजा अपडेट »

बल्काेट- रुपन्देही बचत तथा ऋण सहकार्य संस्थाकाे साधारणसभा सम्पन्न

शनिबार, २९ भदौ २०८१, २० : ०७
50 Shares
शनिबार, २९ भदौ २०८१
50 Shares

बुटवल ।  बल्कोट–रुपन्देही बचत तथा क्रण सहकार्य तदर्थ समितिको साधारणसभा सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको बल्कोटमा स्थायी ठेगाना भई पेशा , व्यवसायको सिलसिलामा रुपन्देहीमा रहेका व्यक्तिहरुलाई अत्यावश्यक समयमा तथा उत्पादनमूलक कार्य गर्दा उत्पन्न हुने पुँजीको समस्यालाई समाधान गर्नका लागि अनौपचारिक रुपमा स्थापना गरिएको यस सस्थाको शनिवार सो साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा वार्षिक प्रतिवेदन गर्नुका साथै आगमी कार्ययोना समेत पेश गरिएको थियो । साधारणसभाले नाफा मूलक व्यवसायीक क्षेत्रको सम्भाव्यता अध्ययन गर्नका लागि रमेश पाण्डेको संयोजकत्वमा ५ सदस्यी समिति गठन गरेको छ  । समितिले पौष मसान्तसम्म  प्रतिवेदन पेश गर्ने छ । 

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन भट्टराईले जन्मस्थल एकै ठाउँमा भएका व्यक्तिहरु आय आर्जनका लागि रुपन्देहीमा रहेको अवस्थामा हामीमा सद्भाव , समभाव , समानुभूती , सहकार्य र समन्वय भएमा मात्रै सबैका अप्ठ्याराहरु समाधान गर्न सकिने भएकोले एकताबद्ध भएर क्रियाकलाप गर्न सुझाव दिए । 

 कार्यक्रमका विशिष्ट अतिथि दिपक पन्थीले  सङ्कलित पुँजीलाई उत्पादनमूलक कार्यमा जोखिमको उचित मुल्यांकन गरि लगानी गर्न सकेमा मात्रै  पुँजीको निर्माण हुने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए।  कार्यक्रममा बल्कोट रुपन्देही समाजका सल्लाहकार नवराज श्रेष्ठ , कान्ति मा वि प्राचार्य गोविन्द ज्ञवाली , युवराज पौडेल लगायतले शुभकामना मनतव्य राख्नु भएको कार्यक्रममा धुर्व पन्थीले स्वागत मनतव्य राखेका थिए ।

कार्यक्रम सहकार्य समितिका संयोजक समाजसेवी धुर्व सापकोटाको अध्यक्षता र सह संयोजक कोलेश्वर पौडेललको  सञ्चालनमा समपन्न भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।