ताजा अपडेट »

३ वर्षदेखि लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनका लागि निर्देशन

शनिबार, २९ भदौ २०८१, १८ : २०
156 Shares
शनिबार, २९ भदौ २०८१
156 Shares

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा तीन वर्ष लामो समयदेखि पार्किङमै थन्किएर रहेका विद्युतीय बस सञ्चालनका लागि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिएका छन् । प्रदेश सरकारले आवश्यक सहजीकरण गरिदिने बताउँदै उनले बस सञ्चालनका लागि निर्देशन दिएका हुन् । 

दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ कानूनी अड्चनका कारण पार्किङमै थन्किएर बसेका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न शनिबार निर्देशन दिएका हुन् । 

सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले सवारी साधनलाई काम विहिन बनाएर नराख्न मुख्यमन्त्री आग्रह गरे । ‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’–उनले भने, ‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’

लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र  १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ति सवारी साधन नियमित सञ्चालनमा छैनन् । विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्याउने उद्देश्य थियो । एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यि सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।