ताजा अपडेट »

बालबालिका

शनिबार, २९ भदौ २०८१, ११ : ४४
198 Shares
शनिबार, २९ भदौ २०८१
198 Shares

- आज्ञा ज्ञवाली

सुनौ है सबै ध्यान दिएर 
आफ्ना सबै कार्य एकछिन  बिर्सिएर
भन्न गैइरहेकी छु आज म कविता
बालबालिका शिर्षक लिएर

झन्डै आधा नेपाल ढाकेको 
सङ्ख्या छ बालबालिकाको
खै त  देशका भविस्य कर्णदारलाइ 
प्रयाप्त अधिकार दिइएको 

केही फरक गरौं
केही अलग गरौं
यो सालको बालदिवस 
कुनै बालबालिकाको नहोस् 
कहिल्यै  बाल्यकाल  तहसनहस 

बालक छ घरमा 
आमाबा प्रदेश
गएकाछ्न  धन कमाउन
आमाबाको काखमा 
अबोध बालक 
कहिले पाउछ रमाउन 

परिवर्तन पटकपटक भयो
नेपाल देशको शासन  व्यवस्था 
अहिले नि कजाइन्छ बाल मजदुर  
परिवर्तन भएन अवस्था 

बालबालिकाको राम्रो नाना खाना
शिक्षा कहिले हुने हो
स्वास्थ र सुरक्षा, स्वस्थकर 
पोषणतत्व  कहिले पाउने हो 

संसारको अग्लो हिमाल छ यहाँ
कयौं  गौरवको गाथा छ
सभ्यताको मुहान पवित्रभुमिमा 
बालबालिकाको ब्यथा छ 

पशुपतिनाथ, मुक्तिनाथ 
यहाँ कति  नाथैनाथहरुको बास छ
नाथैनाथहरुको भुमिमा 
अनाथ बच्चा आज किन निरास छ 

पुर्वमा मेची, पश्चिममा काली 
नेपाली हामी छौं शक्तिशाली 
 देशको इज्जत बढाउन अघि बढौ
बालशोषण  झट्टै फाली

नेपाल मै बस्ने
नेपाल मै बाच्ने
नेपाल मै रमाउने हो
स्वदेशमै पौरख गरि  
प्रसस्त  यहाँ सुनै फलाउने हो 

वीर नेपाली  हामी 
बिरताको इतिहास संसारमा चिनाउनुछ
बनाइ बालमैत्री देश 
बालबालिका विश्वका  नेपाल  घुमाउनुछ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।