ताजा अपडेट »

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

शनिबार, २९ भदौ २०८१, १० : ५४
36 Shares
शनिबार, २९ भदौ २०८१
36 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे विभिन्न ९ एजेण्डामा छलफल हुने बताइएको छ । 

सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुतगरी र आवश्यक छलफल गरिनेछ । साथै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक गराउने बताइएको छ ।

“बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा पनि छलफल, हालसम्मको तयारीबारे सबै उपसमितिद्वारा प्रस्तुत विषयमा पनि छलफल हुनेछ”, प्रवक्ता झाले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।