ताजा अपडेट »

झुम्सा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

शनिबार, २९ भदौ २०८१, ०८ : १७
20 Shares
शनिबार, २९ भदौ २०८१
20 Shares

बुटवल । पाल्पाको माथागढी गाउँपालिका-४ सुर्काबासमा झुम्सा खोलाले बगाउँदा एक पुरुषले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शुक्रत्रार दिउँसो खोला तर्ने क्रममा तिनाउ गाउँपालिका–४ बस्ने ५३ वर्षीय शेरबहादुर चौहानलाई खोलाले बगाएको हो । 

खोलाले बगाएका उनलाई खोजी गर्ने क्रममा घटनास्थलबाट १५० मिटर तल उनको शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।