ताजा अपडेट »

लसएन्जल्समा अनटीएफको चौथो महासभा

शनिबार, २९ भदौ २०८१, ०८ : ०६
26 Shares
शनिबार, २९ भदौ २०८१
26 Shares

लसएन्जल्स (अमेरिका) । युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अनटीएफ)को चौथो महासभा अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जल्समा हुने भएको छ । त्यसका लागि आवश्यक  सम्पूर्ण तयारी पुरा भएको संयोजक अमृत महतोले जानकारी दिएका छन्  । 

सेप्टेम्बर १४, र १५, २०२४ मा लस एन्जलसमा आयोजना हुने महासभामा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू र नेतृत्वकर्ताहरू सहभागी हुने संयोजक महतोले जानकारी दिए । महासभामा तेक्वान्दोलाई विश्वव्यापी कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिनुको साथै नयाँ कार्यसमिति चयन गरिने समेत उनले बताए । 

त्यसैगरी संस्थामा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई समेत कार्यक्रममा सम्मान गरिने अध्यक्ष सन्तोष प्रधानले बताए बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।