ताजा अपडेट »
नेपाली फिल्म अवार्ड

एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डमा भागलिन चलचित्र कलाकारहरूकाे टाेली अमेरीका उड्याे

शनिबार, २९ भदौ २०८१, ०० : २६
40 Shares
शनिबार, २९ भदौ २०८१
40 Shares

काठमाडाैं । केदार घिमिरे ‘माग्ने बुढा’ सहितका चर्चित नेपाली कलाकारहरूकाे टाेली अमेरिका तर्फ प्रस्थान गरेका छन्। न्युयोर्कमा हुने सातौँ एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डका लागि उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन्। अमेरीका जानेमा घिमिरेसहित करिश्मा मानन्धर, संगीतकार शम्भुजित बास्कोटा, वसुन्धरा भुसाल, कृष्ण मल्ल, शर्मिला मल्ल, प्रशान्त ताम्राकार र सन्दीप क्षेत्रीलगायत कलाकार रहेका छन। 

यो अवार्ड समारोह ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नाराका साथ अमेरीकाकाे न्यूयाेर्कमा आयाेजना हुँदै छ। अन्य केही कलाकारहरू अगाडीनै  न्युयोर्क पुगिसकेका छन्। फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गरिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन।


उनले संसारभर छरिएर बसेका नेपाली सिनेकर्मी र कलाकारलाई एकै ठाउँ भेला गराएर नेपालको मौलिक कला, संस्कृतिलाई संसारभर चिनाउन अवार्ड आयोजना गरिएकोपनि बताए।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।