ताजा अपडेट »

बलिउड निर्देशक हिरानी नेपाल आउदै

शनिबार, २९ भदौ २०८१, ०० : ०२
24 Shares
शनिबार, २९ भदौ २०८१
24 Shares

बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन्। उनी मीन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ हेर्न उनी नेपाल आउन लागेका हुन्। हिरानी यही असोजको पहिलो साता नेपाल आउने शाम्बालाका एसोसियट निर्माता मिन्सो लिम्बूले बताएका छन। सेप्टेम्बर २० देखि २५ सम्म हिरानी नेपालमा हुनेछन्। उनले यस बिचमा चलचित्र हेर्नुका साथै केही दिन पोखरा समेत घुम्ने कार्यक्रम तय भएको बताइएकाे छ ।

‘बर्लिनमै उहाँले चलचित्र हेर्न खोज्नुभएको थियो, त्यहाँ मिलेन। लिङ्क पठाउँछु भन्दा सानो स्क्रिनमा हेर्दिन भन्नुभयो। ठुलै पर्दामा फिल्म हेर्ने र घुम्ने योजनासहित उहाँ नेपाल आउँदै हुनुहुन्छ।  सेप्टेम्बर २० देखि २५ सम्म उहाँ नेपाल बस्ने योजना छ,’ एसाेसियट निर्माता लिम्बुले  भने। हिरानी थ्री इडियट्स, पिके, सञ्जु र डंकी लगायतका  बलिउडका चर्चित ब्लकबस्टर चलचित्रहरु निर्देशन गर्ने निर्देशक हुन। गत आइतबार भएको प्रिमियर शोमा बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीले पनि चलचित्र हेरेका थिए।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्र स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा पनि स्क्रिनिङ भएको थियो। फिल्म फेस्टिभलमा चलचित्रकी अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड समेत जितेकी थिइन। ‘शाम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो। यस चलचित्रले नेपालीकाे पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथाको कथा भन्छ।

चलचित्रकाे  कथा स्यमं निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।